१४ पुष २०८२, सोमबार

डाक्टरको लापरवाहीबाट सुत्केरीको मृत्यु भएको आरोप



धनगढी । कञ्चनपुरको झलारीका २३ वर्षीया सुत्केरी तुलसी धामीको अस्पतालका डाक्टरहरूको लापरवाहीका कारण मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । उनको शनिबार सेती अञ्चल अस्पतालमा मृत्यु भएको छ ।
डाक्टर सलिना खड्काले तीन दिनअघि (कात्तिक १५) गते अप्रेसन गरेर उनको बच्चा जन्माएकी थिइन् । “बच्चा जन्मिएको दुई घण्टापछि तुलसीलाई रक्तश्राव भएपछि अस्पतालको आईसियुमा भर्ना गरियो” उनका श्रीमान दीपक धामीले भने– “चार बजेसम्म उनी बोल्न सक्ने र सामान्य अवस्थामा आएकी जस्ती थिइन्, तर शनिबार अचानक मृत्यु भयो ।”
सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेले तुलसीको स्वास्थ्य अवस्था जटिल रहेको बताए । “मृत्यु के कति कारणले भएको हो त्यो रिपोर्ट हेर्न पाएको छैन । आज (आइतबार) कार्यालय समयमा सो रिपोर्ट हेर्नेछु” उनले भने ।
आफन्तहरूले मृतकको शव आईसियूबाट उठाउन मानेका छैनन ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार