शिवनगर खानेपानीको साधारण सभा
धनगढी । शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको शुक्रबार सातौं वार्षिक साधारण सभा भएको छ ।
साधारण सभाको प्रतिनिधि सभा सदस्य नारदमुनी रानाले उद्घाटन गरे । सो अवसरमा सांसद रानाले शिवनगर खानेपानी योजना यस क्षेत्रको गौरवको योजना रहेको चर्चा गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्य डिल्लीराज पन्तले यस्ता परियोजना सफल रूपमा व्यवस्थापन गर्न समन्वयात्मक ढंगले काम गर्न आग्रह गरे ।
कार्यक्रmममा धनगढी उपमहानगरपालिकाक प्रमुख नृपबहादुर वडले सबैको समन्वयका कारण शिवनगर खानेपानी आयोजना सफल भएको बताए ।
समितिका अध्यक्ष राजेशकुमार खातीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष हिरासिंह पातली, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख मोहनबहादुर कुँवर, इन्जियिनर नारायण काफ्ले, कानूनी सल्लाहकार भरतबहादुर सिंह, सल्लाहकार खड्कराज जोशी, याक नेपालका अध्यक्ष दिलबहादुर खातीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा संस्थामा योगदान पुर्याउने पूर्व कोषाध्यक्ष गोविन्दबहादुर शाही, पूर्व सचिव हरिशसिंह कठायत, संस्थापक सदस्य ईन्द्रसिंह कार्की, उद्धबबहादुर विष्ट, इञ्जिनियर गणेश उपाध्याय तथा इन्जिनियर नारायण काफ्लेलाई सम्मान गरिएको थियो ।
समितिका कोषाध्यक्ष प्रेमबहादुर सिंहले समितिको नीति तथा कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन समितिका सचिव मोहनराज ओझाले गरेका थिए ।




