बौलाह कुकुरको विगबिगी बढ्यो : उपमहानरपालिकाको कुकुर मार्ने अभियान शुरु
धनगढी । केही दिनदेखि विभिन्न वडामा बौलाह कुकुरको विगविगी बढेपछि धनगढी उपमहानगरपालिकाले शुक्रबारदेखि बौलाहा कुकुरहरू मार्ने काम सुरु गरेको छ ।
बुधबार मात्रै बौलाहा कुकुरले धनगढी उपमहानगरपालीका वडा नम्बर ३ मा छ जनालाई व्यक्तिलाई टोकेको थियो । बौलाहा कुकुरको टोकाईवाट केही व्यक्ति गम्भीर घाइते समेत भएका छन् ।
धनगढी उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत टंक बिष्टका अनुसार शुक्रबारसम्म छ वटा बौलाहा कुकुरलाई मारिएका छन् ।
उनले बौलाएको लक्षण देखिएका थप कुकुरहरूको खोजी भइरहेको बताए । उनले उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा बौलाहा कुकुर देखिएकाले घर पालुवा कुकुरहरूलाई छाडा नछोड्न नगरवासीमा अनुरोध गरे । उनले कतै बौलाएको लक्षण देखिएका कुकुर फेला परेमा वडा कार्यालयमा खबर गर्न अनुरोध समेत गरे ।
कुकुर बौलए पछि उत्तेजकमा लाटो स्वभाव देखाउँछ । त्यसैगरी कुकुरले बोलाएको नसुन्ने, भनेको नमान्ने, बिना कारण झम्टीने, रिसाउने, र्याल काढ्ने गर्छ भने पुच्छर लुकाएर बेजोडले दगुर्ने, जिब्रो लतार्ने लक्षण देखाउँछ ।




