घरेलु मदिरा बरामद
लम्की । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ को वडा कार्यालयको अगुवाई तथा प्रहरी चौकी अमरावतीको सहयोगमा विभिन्न गाउँ तथा टोलमा अनुगमन गरी घरेलु मदिरा बरामद गरिएको छ ।
प्रहरीका अनुसार जानकी गाउँपालिका वडा नम्बर ९ मुर्तियामा भरथरी चौधरीको घरबाट एक सय ११ लिटर घरेलु मदिरा बरामद गरिएको छ । बरामद गरिएको मदिरा वडा समिति, प्रहरी, पत्रकार तथा स्थानीयको रोहवरमा नष्ट गरिएको छ ।
वडाध्यक्ष खकेन्द्र भण्डारीका अनुसार सो वडालाई २०७४ साल पुसमा नै जुवातास निषेध क्षेत्र घोषणा गरिएको छ ।