१२ बैशाख २०८२, शुक्रबार

फारवेष्ट पशुपति कप मंसिरमा



धनगढी । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा आउादो मंसिर १४ गतेदेखि चौथो फारवेष्ट पशुपति कप २०७५ (फुटबल प्रतियोगिता) हुने भएको छ ।
आयोजक क्लबले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी कपको तयारीमा लागेको जनाउादै प्रतियोगिता घोषणा गरेको हो । क्लबका अध्यक्ष खेमबहादुर रावतले प्रतियोगिताको लागि प्रयोजक खोज्ने, टीम दर्ता गर्ने लगायतको काम भइरहेको जनाए ।
कपमा १६ वटा टीम सहभागी हुनेछन् । प्रतियोगिताका विजेताले ४ लाख र उपविजेता २ लाख पुरस्कार व्यवस्था गरिएको छ । कपको उत्कृष्ट खेलाडीलाई नगद १५ हजार र अन्य विधाका उत्कृष्ट खेलाडीलाई १०/१० हजार रुपैयाा पुरस्कार दिइने क्लबका कोषाध्यक्ष दिपेश खड्काले बताए । उनले प्रतियोगिता आयोजना गर्न ४६ लाख ९२ हजार पााच सय रुपैयाा खर्च हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार