२५ आश्विन २०८१, शुक्रबार

घोडाघोडी नगरपालिकामा कर्मचारी अभाव



सुखड । कैलालीको घोडाघोडी नगरपालिकामा कर्मचारीको अभाव भएको छ । नगरपालिकामा ३९ जना कर्मचारीको दरबन्दी भए पनि हाल दरबन्दीको एक जना र काजमा १३ जना कर्मचारी कार्यरत रहेका छन् ।
दरबन्दीमा नायवसुब्बा कृष्णबहादुर बिष्ट मात्र कार्यरत रहेका छन् । अहिले नगरपालिकामा काजमा १३ जना कर्मचारी रहेका छन् । चार जना वडा सचिव रहेका छन् । त्यस्तै, करारमा २३ जना कर्मचारी रहेका छन् । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा र कृषि शाखा प्रमुख बिहीन रहेका छन् ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यलाई अख्तियारले निलम्बन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार