९ चैत्र २०८१, आईतवार

नेकपाको शुभकामना कार्यक्रम (भिडियोसहित)



धनगढी । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) लम्की चुहा नगरकमिटीको आयोजनामा दशै, तिहार, छट लगायतका पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम भएको छ ।
नेकपाका प्रदेश अध्यक्ष कर्णबहादुर थापा प्रमुख अथिति रहेको कार्यक्रममा प्रदेश सचिव नेपबहादुर चौधरी, केन्द्रीय सदस्य तथा प्रतिनीधि सभाका सदस्य झपट रावल, सुदूपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारी, प्रदेश सभा सदस्य रतन थापा, नन्दबहादुर साउद लगायतले शुभकामना दिएका थिए ।

लम्की चुहानगरपालिकाले नमूना पार्क बनाउने भनेको चौरीमा भएको कार्यक्रममा पूर्वमन्त्री भीमबहादुर कठायत, लम्की चुहा नगरपालिकाका महादेव बजगाई, मोहन्याल गाउापालिकाका अध्यक्ष नवलसिंह रावल, नेता लालबहादुर सोडारी लगायतल पनिे शुभकामना दिएका थिए । सो कार्यक्रम बखत विष्टको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार