२१ आश्विन २०८१, सोमबार

पीपीएलमा धनगढीको दोस्रो जीत



धनगढी । पोखरामा जारी पोखरा प्रिमियस लीग (पीपीएल) को बिहीबारको खेलमा एक्सपर्ट धनगढी ब्लुज विजयी भएको छ । यो धनगढीको दोस्रो जीत हो ।
धनगढीले बुटवल ब्लास्टरलाई २० रनले हराएर अंक तालिकामा पाँचौ स्थानमा रहेको छ ।
पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको धनगढी ब्लु्जले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ६१ रन बनायो ।
धनगढीको पारीमा दीपेन्द्र सिंह ऐरी र डान लरेन्सले चौथो विकेटका लागि प्रतियोगिताकै सबैभन्दा ठूलो एक सय आठ रनको साझेदारी गरेपछि धनगढीले सम्मानजनक स्कोर खडा गर्‍यो ।
धनगढीका लरेन्स ३९ बलमा ५२ रन बनाए दीपेन्द्र ३९ बलमा अविजित ५६ रन बनाए । त्यस्तै, सौरभ खनालले चार बलमा १३ रन बनाए । बुटवलका विपिन खत्रीले दुई तथा रोहन मुस्तफा र अविनाश बोहराले एक/एक विकेट लिए ।
प्रतिउत्तरमा बुटवल ब्लास्टरले २० ओभरमा छ विकेट क्षतिमा एक सय ४१ रन मात्र बनाउन सक्यो । बुटवलका चिराग सुरीले ५४ बलमा ७९ रन बनाए । बलिङतर्फ धनगढीका सागर ढकालले दुई र डान लोरेन्स तथा कमल सिंह ऐरीले एक/एक विकेट लिए ।
पीपीएलको लीग चरणको खेलमा धनगढी ब्लुजले आज (शुक्रबार) पोखरा पल्टन विरुद्ध खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार