१४ पुष २०८२, सोमबार

श्रद्धाञ्जली सभा



धनगढी । दलित आन्दोलनका अगुवा स्वर्गीय चन्द्रबहादुर रैकाको बिहीबार धनगढीमा १३ औं स्मृति दिवस बनाइयो ।
चन्द्र–पशुपति रैका स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमको सुदूरपश्चिम प्रदेशका सांसद टेकबहादुर रैकाले उद्घाटन गरे ।
सो अवसरमा सांसद रैकाले स्वर्गीय रैका पछाडि पारिएका वर्ग तथा समुदायको अधिकारका लागि जीवनभरी संघर्ष गरेको चर्चा गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका कैलालीका सदस्य नृपबहादुर सुनार, नेकपाका नेता तिलकबहादुर सिंह, राप्ररा नेपालका केन्द्रीय सदस्य गोपी नेपाली, नेपाल दलित संघका जिल्ला सचिव चक्र नेपालीलगायत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम प्रतिष्ठानका सदस्य निर्मल रैकाको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार