घरेलु मदिरा बरामद
सुखड । इलाका प्रहरी कार्यालय सुखडले कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ टनकपुर बाट घरेलु मदिरा र बनाउने सामान बरामद गरी नष्ट गरेको छ ।
मंगलबार राति गस्तीको समयमा वरामत गरिएको सामान बुधबार पत्रकारहरूको रोहवरमा नष्ट गरिएको हो ।
चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गतको गस्तीका क्रममा घोडाघोडी नगरपालिका वडा नम्बर २ टनकपुरको एक घरबाट घरेलु मदिरा बनाउने सामान र मदिरा बरामद गरेको थियो ।
अवैध मदिरा बनाउने व्यक्तिलाई पहिलो सम्झाई बुझाई छोडको र फेरि अवैध कार्य सञ्चालन गरेको पाइएमा कानून बमोजिम कडा कारवाही गरिने इलाका प्रहरी कार्यालय सुखड प्रमुख यक्षराज जोशीले जानकारी दिए ।




