व्यवसायिक क्षमता अभिबृद्धिबारे अभिमुखीकरण
धनगढी । धनगढीमा रोजगार प्रवर्द्धन तथा व्यवसायीक दक्षता अभिवृद्धि सम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधबारदेखि शुरु भएको छ ।
यूएनडिपीको आर्थिक सहयोगमा युवा शान्ति परिषदको आयोजनामा भइरहेका कार्यक्रमको उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भागिराम चौधरीले उद्घाटन गरे ।
परिषदका अध्यक्ष प्रेम ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका सहसचिव श्रवण देउवा, राष्ट्रिय हलिया मुक्ति समाजका अध्यक्ष भीम सार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
युवाहरूलाई आत्मनिर्भर बनाउन, वचत गर्ने बानीको विकास गर्न लगायतको उद्देश्यले सो कार्यक्रम गरिन लागेको परिषदका अध्यक्ष प्रेम ढुंगानाले बताए ।
२५ जना युवाको सहभागिता रहेको सो कार्यक्रममा चन्द्र गुरुङले शक्षण दिइरहेका छन् ।




