९ चैत्र २०८१, आईतवार

दुवै किड्नी फेल भएका अमृतद्वारा सहयोगको याचना



धनगढी । कैलारी गाउँपालिका वडा नम्बर ६ वनकट्टा गाउँका ३१ वर्षिय अमृत चौधरी दुबै किड्नी फेल भएर मर्नु न बाँच्नु अवस्थामा पुगेका छन् ।
कमजोर आर्थिक अवस्थाका अमृतको परिवारले डेढ वर्षदेखि उनको उपचारमा १० लाख रुपैयाँ बढी खर्च भएको बताएको छ ।

अमृतका श्रीमती साहेवनी

अमृतका श्रीमती साहेवनीले श्रीमानको उपचारका लागि काठमाडौं, नेपालगञ्ज तथा भारतको सितारगञ्ज धाउँदाधाउँदा दश लाख रुपैयाँ बढी खर्च भइसकेको बताइन् । उनका दुई छोरी रहेका छन् । साहेवनीले आफूले धनगढीमा ज्याला मजदूरी गरी श्रीमानको उपचार खर्च बेहोरी रहेको बताइन् । हप्तामा दुई चोटी श्रीमानको चेकअप तथा डाइलसिस् गर्नुपर्ने अवस्था रहेको उनले बताइन् ।
“भएको सबै सम्पत्ति श्रीमानको उपचारमा खर्च लगाए”, साहेवनी भनिन्– “अहिले त घरमा केही छैन । घर पनि भत्कीसक्यो, मर्मत र नयाँ घर बनाउ भने पैसा नै छैन ।”
उनले आफ्नो श्रीमानको जीवनरक्षाका लागि सहयोग गरिदिन सबैमा याचना गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार