५ जेष्ठ २०८१, शनिबार

चौथो बर्दगोरिया सेती लोकमार्ग फुटवल : दोस्रो चरणका खेल शुरु



बौनिया । सडकपुर बौनियामा जारी चौथो बर्दगोरिया सेती लोकमार्ग फुटवल प्रतियोगितामा मंगलबारदेखि दोस्रो चरणका खेल सुरु भएका छन् ।
दोस्रो चरणको पहिलो खेलमा जिएचआरएफसी, टीकापुरले सुदुरपश्चिम–११ लाई सून्यका विरुद्ध दुई गोलले हरायो ।
जिएचआरएफसीका गणेश बडुवाल र मनीराम चौधरीले एक/एक गोल गरेका थिए । दुवै गोल खेलको दोस्रो हाफमा भएका थिए ।
प्रतियोगितामा कैलाली जिल्लाका १९ वटा टिमको सहभगिता रहेको छ । सडकपुर बौनिया युवा क्लवको आयोजनामा भइरहेको चौथो बर्दगोरिया सेति लोकमार्ग फुटवल प्रतियोगिताको मुख्य प्रबद्र्धकमा बर्दगोरिया गाउँपालिका रहेको छ । भने मुख्य प्रायोजकमा सरस्वती एग्रो इन्डस्ट्रीज रहेको छ ।
प्रतियोगितामा विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार पाउने प्रतियोगिताका खेल संयोजक पुष्प भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार