२ जेष्ठ २०८१, बुधबार

चुरेमा भलिबल प्रतियोगिता जारी



चुरे । कैलालीको चुरे गाउँपालिकामा जारी पुरुष भलिबल प्रतियोगितामा मंगलबार आठ वटा खेल भएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ, चुरे गाउँपालिकाको आयोजनामा सो प्रतियोगिता भइरहेको छ ।
मंगलबार भएको खेलमा सिद्धबाँसघारी सामुदायिक वन समितिले शिव सामुदायिक वन उपभोक्ता समूहलाई पराजित गर्‍यो ।
त्यस्तै, प्रगति सामुदायिक वन उपभोक्ता समूहले ग्वासी सामुदायिक वन समितिलाई पराजित गर्‍यो भने गुप्तपानी सामुदायिक वन उपभोक्ता समूहले धुरा सल्लेरी सामुदायिक वन समितिलाई हरायो ।
त्यस्तै, जनजागृति सामुदायिक वन समितिले ठूलीखाली सामुदायिक वनलाई पराजित गर्‍यो भने सिद्धलगनशील सामुदायिक वनले सालघारी सामुदायिक वनलाई हरायो ।
त्यस्तै, पञ्चवली सामुदायिक वन समितिले शिवशक्ति सामुदायिक वनलाई हरायो भने दुर्गादेवी सामुदायिक वन समितिले समैजीलिंग सामुदायिक वनलाई तथा केदार सामुदायिक वन समितिले वयलागडी सामुदायिक वनलाई हरायो ।
आज पाँच वटा खेल हुने महासंघका सदस्य टेकेन्द्र बम (रजवार) ले जानकारी दिए । प्रतियोगिताको विजेतालाई ३० हजार रुपैयाँ तथा उपविजेतालाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने तथा तेस्रो हुने टिमले १० हजार रुपैयाँ पुरस्कार पाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार