१ जेष्ठ २०८१, मंगलवार

चौथो बर्दगोरिया सेती लोकमार्ग फुटवल



बौनिया । बौनियामा जारी बर्दगोरिया सेती लोकमार्ग फुटवल प्रतियोगिताको आइतबारको खेलमा सडकपुर बौनिया युवा क्लव बी र गौरीगंगा–११ स्पोर्टस् क्लव विजयी भएका छन् ।
आइतबारको पहिलो खेलमा सडकपुर बौनिया युवा क्लल, (बि) ले शम्भुसुनन्दा युवा क्लव, चैनपुरलाई टाईब्रेकरमा तीन–एक गोल अन्तरले पराजित गर्‍यो ।
आइतबारको अर्को खेलमा गौरीगंगा–११ ले बुद्ध युवा क्लव टीकापुरलाई एकको विरुद्ध दुई गोलले पराजित गर्‍यो ।
गौरीगंगाका कार्लाेस बखरिया र रमेश चौधरीले एक/एक गोल गरेका थिए ।
प्रतियोगिताको आज (सोमबार) पशुपति युवा क्लव रानीकुण्डा र पीएफए अत्तरियाबीच खेल हुने जनाइएको छ ।
आगामी २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १९ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले दुई लाख तथा उपविजेताले एक लाख रुपैयाँ पुुरस्कार प्राप्त गर्ने आयोजक सडकपुर बौनिया युवा क्लवले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार