५ जेष्ठ २०८१, शनिबार

नि:शुल्क आँखा शिविर



धनगढी । नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल तथा स्वदेशी लघुवित्त वित्तीय संस्था पुनर्वासको आयोजना र डयाक फाउन्डेशनको सहयोगमा कञ्चनपुरको आईबिआरडी, पुनर्वासमा सञ्चालन भएको आँखा शिविरमा छ सय ३५ जनाको आँखाजाँच भएको छ ।
आँखा परीक्षण गरिएकामध्ये एक सय ७९ जनाको सल्यक्रिया गर्नुपर्ने भएकाले गेटा आँखा अस्पताल पठाइएको जनाइएको छ । गेटा आँखा अस्पतालका अनुसार तीमध्ये एक सय ६१ जनामा मोतीबिन्दुको समस्या रहेको छ ।
आँखा शिविरमा चार सय ५६ जना आँखाका रोगीहरूको नि:शुल्क औषधि उपचार गरिएको थियो ।
गेटा आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत रमेशचन्द्र भट्टको नेतृत्वमा १२ जना प्राविधिकको टोलीले आँखा शिविरमा सेवा प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार