२ जेष्ठ २०८१, बुधबार

जेसीज सप्ताह : स्लो मोटरसाइकल दौड



टीकापुर । नारायणपुर जेसीजको आयोजनामा शुरु भएको जेसीज सप्ताह अन्तर्गत दोस्रो दिन आइतबार स्लो मोटरसाइलक दौड प्रतियोगिता भएको छ ।
२२ जना सहभागिता भएको सो प्रतियोगितामा अशोक कडायत प्रथम, जीवन कडायत द्वितीय, र शेरबहादुर साउँद तृतीय भए भने ओमप्रसाद पाण्डेले सान्त्वना स्थान प्राप्त गरे ।
शनिबारदेखि शुरु भएको नारायण जेसीजको सप्ताहव्यापी कार्यक्रम १६ गते समापन हुने आयोजकले जनाएका छन् ।
नारायणपुर जेसीजका शाखा सम्पादक धनञ्जय ढुंगानाको मूल संयोजकत्वमा सञ्चालन भइरहेको जेसीज सप्ताह अन्तर्गत १२ गते विरामीलाई फलफूल वितरण, १३ गते विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता, १४ गते अन्तरक्रिया कार्यक्रम, १५ गते भलिबल प्रतियोगिता र १६ गते विपी निकुञ्जमा वृक्षारोपण कार्यक्रम गरी सप्ताहव्यापी कार्यक्रमको समापन गरिने जेसिज सप्ताह मूल आयोजक समितिका संयोजक धनञ्जय ढुंगानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार