५ जेष्ठ २०८१, शनिबार

योजना सञ्चालन तथा व्यवस्थापनबारे अभिमुखीकरण



धनगढी । धनगढी उपमहानगरपालिकामा उपभोक्ता समितिमार्फत सञ्चालन हुने विकास निर्माण आयोजनाको उपभोक्ता समिति गठन, योजना सञ्चालन तथा व्यवस्थापन सम्बन्धी शनिबार अभिमुखीकरण भएको छ ।
अभिमुखीकरणमा विभिन्न वडाका अध्यक्ष तथा सदस्य, नगर कार्यपालिका सदस्य तथा वडा सचिवहरूको सहभागिता रहेको थियो ।
सो अवसरमा नगर प्रमुख वडले उपभोक्ता समिति सहभागितामुलक ढंगले गठन गर्न सचेत हुन आग्रह गरे । उनले कतिपय ठाउँमा वर्षौदेखि एक जना व्यक्तिनै हरेक योजनामा हालिमुहाली गरिरहेको पाइएको बताए ।
पहिलो चरणको अभिमूखीकरणमा धनगढी उपमहानगरपालिका वडा नम्बर १, ७, १४, १५, १६, १७, १८ र १९ का वडा अध्यक्ष र वडा सदस्य, कार्यपालिका सदस्य र सचिवहरुको सहभागिता रहेको छ ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी पाण्डेले बाँकी वडाका लागि आज आईतबार अभिमूखीकरण सञ्चालन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार