५ जेष्ठ २०८१, शनिबार

महिला तथा पुरुष फुटवल प्रतियोगिता शुरु



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १२, जुगेडामा शनिबारदेखि प्रदेश स्तरीय महिला तथा पुरुष फुटवल प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको एक समारोहबीच धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले उद्घाटन गरे । मनकामना युवा क्लवद्वारा आयोजित प्रतियोगितामा छ वटा महिला टिम सहित १६ वटा टिमको सहभागिता रहेको छ ।
सो अवसरमा नगर प्रमुख वडले आगामी फागुन महिनाभित्र नगरस्तरीय मेयर कप महिला फुटवलको आयोजना गरिने बताए । उनले उपमहानगरपालिकाले ‘एक वडा, एक खेलकुद मैदान’ कार्यक्रम अन्तर्गत खेल मैदान निर्माण प्रक्रिया अघि बढाइएको बताइए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशीले वडा नम्बर १२ खेलाडी उत्पादनका लागि उर्बर भएको चर्चा गरे ।
कार्यक्रममा कैलाली जिल्ला फुटवल संघका अध्यक्ष मोहित शाह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम आयोजक मनकामना युवा क्लवका अध्यक्ष डवलबहादुर थापाको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार