तरुण दलको स्थापना दिवस : बिरामीलाई फलफूल वितरण
धनगढी । नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा शनिबार धनगढीस्थित सेती अञ्चल अस्पताल परिसर सरसफाई गरिनु साथै अस्पतालमा उपचार गराइरहेका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ ।
नेपाल तरुण दलले ६५ औं स्थापना दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरेको जनाइएको छ ।
सेती अञ्चल अस्पतालमा गरिएको सरसफाई तथा फलफूल वितरण कार्यक्रममा नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह मनु, प्रदेश सभा सदस्यहरू डिल्लीराज पन्त, दिव्यश्वरी शाह र टेकबहादुर रैका, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, काँग्रेस कैलालीका संगठन विभाग प्रमुख शेरबहादुर देउवा लगायतका नेता तथा कार्यकर्ता, तरुण दलका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।
सो अवसरमा नेपाली काँग्रेस कैलालीका सभापति शाहले अहिलेको अवस्थामा झन् सशक्त तरुण दल आवश्यक रहेको चर्चा गरे ।




