१७ आश्विन २०८१, बिहीबार

कैलालीका समस्याबारे पत्रकारहरूसँग परामर्श



धनगढी । कैलाली जिल्लाका समस्या र समाधानबारे शनिबार धनगढीमा पत्रकारहरूसँग परामर्श कार्यक्रम भएको छ ।
सेयरकाष्ट इनिसियटिभ्स नेपाल नामक संस्थाले नेपाल पत्रकार महासंघ, कैलालीको सहकार्यमा आयोजना गरेको परामर्श कार्यक्रममा जिल्लाका मुख्य समस्या र समाधानका उपायबारे गहन छलफल भएको थियो । सेयरकाष्टले सञ्चार माध्यमद्वारा जिल्लाका समस्याको उठान र समाधनका लागि प्रयास गरिने जनाएको छ ।
सो अवसरमा सहभागीहरूले प्रदेश र स्थानीय सरकारबीचको सम्बन्ध, आर्थिक सुशासन, बेरोजगारी लगायतका समस्याबारे चर्चा गरेका थिए ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी मधु आचार्यले पछिल्लो अध्ययन नतिजा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार