१२ श्रावण २०८१, शनिबार

चौथो बर्दगोरिया सेती लोकमार्ग फुटवल : फोर्टिन जीआर र घोडाघोडी युवा क्लव विजयी



धनगढी । कैलालीको सकडपुर बौनियामा जारी चौथो बर्दगोरिया सेती लोकमार्ग फुटवल प्रतियोगितामा शनिबारको खेलमा फोर्टिन जीआर र घोडाघोडी युवा क्लव विजयी भएका छन् ।
शनिबार भएको पहिलो खेलमा फोर्टिन जिआर, टीकापुरले हिमालयन युवा क्लव मोतीपुरलाई २–० ले पराजित गर्‍यो । फोर्टिन जीआरका कृष्ण चौधरी र जीवन शाहीले एक/एक गोल गरेका थिए ।
त्यस्तै, शनिबारको अर्कोे खेलमा घोडाघोडी युवा क्लवले बर्दगोरिया युवा क्लवलाई सुन्यका विरुद्ध तीन गोलले पराजित गर्‍यो । घोडाघोडीका लागि प्रणय अन्जनले दुई र दशरथ गिरीले एक गोल गरेका थिए ।
प्रतियोगितामा कैलाली जिल्लाका १९ वटा टिमको सहभगिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार