१२ श्रावण २०८१, शनिबार

इन्डो नेपाल कराँते प्रतियोगिता : नेपाल बन्यो च्याम्पियन



धनगढी । भारतको हल्द्वानीमा भएको पाँचौं इन्डो नेपाल कराँते प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ ।
२७ स्वर्ण पदकका लागि भएको स्पर्धामा नेपालले १७ स्वर्ण पदक सहित च्याम्पियन बन्यो ।
नेपाली खेलाडी आदित्य श्रेष्ठ, जोसेफ नेपाली, विशाल बिक, सौरभ अन्सारी, कमल ओली, आरती चौधरी, अर्जुन थापा, पुस्पा मडै र प्रकाश भट्टले स्वर्ण पदक प्राप्त गरेका थिए ।
त्यस्तै, अनिल सोब, सुरज कुश्मी, गरिमा मल्ल, अरुणा ओली, सागर बिक, अमर बछेरा, सुदीप एसके र अभिषेक शाहीले पनि गोल्ड मेडल प्राप्त गरेको नेपाली टिमको नेतृत्व गरेका राष्ट्रिय गोजुरियो कराँते दो संघका केन्द्रीय महासचिव प्रकाशकुमार चन्दले जानकारी दिए ।
अल इण्डीया वादोकाइ कराँते दो संघको आयोजनामा बिहीबार र शुक्रवार सञ्चालन भएको प्रतियोगितामा नेपालका तर्फबाट ३५ जना गरी एक सय ५० जना खेलाडी सहभागी थिए ।
प्रत्येक वर्ष आयोजना हुने सो प्रतियोगितामा नेपाल यसअघि तीन पटक च्याम्पियन भइसकेको थियो ।
यस पटक विजेता बनेसँगै नेपाल इन्डो नेपाल कराँते प्रतियोगितामा लगातार चौथो पटक विजेता बन्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार