१२ श्रावण २०८१, शनिबार

चौथो बर्दगोरिया सेती लोकमार्ग खुल्ला फुटबल : सुप–११ र इन्द्रेणी युवा क्लव विजयी



बौनिया । सकडपुर बौनियामा जारी चौथो बर्दगोरिया सेती लोकमार्ग खुल्ला फुटवल प्रतियोगिताको शुक्रबारको खेलमा सुप–११ टिम र इन्द्रेणी युवा क्लव विजयी भएका छन् ।
शुक्रबारको पहिलो खेलमा सुप–११ ले महेन्द्र स्मृति युवा क्लव साडेपानीलाई ४–० गोल अन्तरले पराजित गर्‍यो । सुप–११ का सञ्जय सुनुवारले दुई गोल गरेका थिए भने बिनोद केसी र रंगोल चौधरीले एक/एक गोल गरे ।
अर्को खेलमा इन्द्रेणी युवा क्लव, नौनियाले कट्टीपुर युवा क्लवलाई सून्यका विरुद्ध तीन गोल अन्तरले पराजित गर्‍यो । इन्द्रेणी युवा क्लवका दिपक रोकाया दुई गोल र खेमराज भट्टराईले एक गोल गरेका थिए ।
प्रतियोगितामा कैलाली जिल्लाका १९ वटा टिमको सहभगिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार