२ जेष्ठ २०८१, बुधबार

तीन महिने हाते कढाई तालिम



हसुलिया । प्राविधिक शिक्षामा आधारित तीन महिने आधारभूत हाते कढाई तालिम शुक्रबार कैलारीमा समापन भएको छ ।
सीमान्तकृत बालिकाहरूको शिक्षामा सहयोग परियोजना (स्टिम–२) को आर्थिक सहयोगमा थारूवान मल्टी स्किल इन्स्टिच्युटको आयोजनामा सो तालिम सञ्चालन भएको थियो ।
तालिम समापनका अवसरमा कैलारी गाउपालिका वडा नम्बर २ का वडाध्यक्ष सन्तुराम चौधरीले तालिम मात्र लिने र पछि कुनै काम नगर्ने प्रवृति अन्त्य गरी सीपलाई व्यवहारमा उतार्न आग्रह गरे ।
इन्स्टिच्युटका अध्यक्ष यज्ञराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा गैरसरकारी संस्था कैलालीका अध्यक्ष हेमकर्ण विक, वेस कैलालीका प्रतिनिधि राजाराम चौधरी, मर्सिकोर नेपालका अनुप केसी, सहभागी विष्णु चौधरी, सपना चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
तालिम व्यवस्थापक देवबहादुर धामीले स्वागत गरेको कार्यक्रमको सञ्चालन दलबहादुर वलीले गरेका थिए ।
तालिममा नौ जना सीमान्तकृत बालिकाको सहभागिता रहेको थियो भने कृष्णमूर्ति चौधरी प्रशिक्षक रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार