५ जेष्ठ २०८१, शनिबार

एक्सपर्ट धनगढी ब्लुजको क्रिकेट टीम पोखरा प्रिमियर लिगमा सहभागी




धनगढी । एक्सपर्ट धनगढी ब्लुजको क्रिकेट टीम शुक्रबारदेखि शुरु भएको पोखरा प्रिमियर लिग (पिपिएल) मा सहभागी भएको छ ।
टीमको प्रायोजक एक्सपोर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी एक्सपर्ट धनगढी ब्लुजको टीमले लिगमा विभिन्न पाँच वटासंग प्रतिस्पर्धा गर्ने जनाएको छ । एक्सपर्ट धनगढी ब्लुजको टीमले कात्तिक १० गते सवा १ बजे काठमाडौं रोयल, ११ गते ९ बजे विराटनगर टाइटन्टस्, १४ गते ९ बजे चितवन राईनोज, १५ गते सवा १ बजे बुटवल ब्लास्टर्स र १६ गते ९ बजे पोखरा पल्टनसंग भिड्ने छ । लिग चरण जितेपछि टीमले प्रतियोगिताको अन्य चरणमा खेल्न पाउने छ ।
एक्सपोर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजका निर्देशक दिपेन्द्र चौधरीले टीममा सुदूरपश्चिमका क्रिकेट खेलाडी रहेको बताए । उनले कोटामा दुई जना इंगल्याण्डका खेलाडीहरु पनि सहभागी गराइएको बताए । चौधरीका अनुसार टीमको कप्टानमा सुदूरपश्चिमका नामी क्रिकेटर दिपेन्द्रसिंह ऐरी छन् । टीममा मञ्जित श्रेष्ठ, योगेन्द्रसिंह कार्की, सन्तो भट्ट, रोविन क्षेत्री, सन्दीप सुनार, कमलसिंह ऐरी, दिलीप नाथ, सागर ढकाल, सन्दीप जोरा, निर्दोष अन्सारी, सौरभ खनाल, विक्रम ठगुन्ना, सन्दीप रजाली, सुबेन्धु पाण्डे र अरुणसिंह ऐरी छन् ।
विदेशी क्रिकेटरहरु ड्यान लरेन्स र पिटर डेभिड ट्रेगोले एक्सपर्ट धनगढी ब्लुजको टीमलाई साथ दिइरहेका छन् । टीमका प्रशिक्षक मनोज कटवाल छन् भने टीमको कोच सञ्जिव शर्मा र बद्री अर्याल छन् । एजुकेशन अफ अष्ट्रेलियाले टीमलाई सहप्रायोजन गरेको छ ।
कप्टान ऐरीले खेल जित्ने लक्ष्य आफूहरु पिपिएल खेल्न पोखरा गएको बताएका छन् । उनले एक्सपर्ट धनगढी ब्लुजको टीम ब्यालेन्स रहेकोले आफूहरुले जस्तो सुकै टीमलाई पनि पराजय गरी विजयी हुने सक्षम रहेको बताए ।
लिग जितेमा टीमको चार जना खेलाडीलाई अष्ट्रेलियाको इन्टर स्टेटमा प्रशिक्षणको लागि पठाइने निर्देशक चौधरीले बताए । उनले टीमको समर्थनमा शनिबार बिहान ८ बजे धनगढी चौराहाबाट पार्क मोडसम्म ¥याली निकालिने बताए ।
प्रादेशिक कोष तथा लेखा नियन्त्रण कार्यालयका शिवप्रसाद चौधरी र जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष बाबुराज श्रेष्ठले टीमलाई जितको सफलताका लागि शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार