२२ बैशाख २०८१, शनिबार

धनगढीमा राष्ट्रिय जुनियर जेसीज लिडरशीप कार्यक्रम हुँदै



धनगढी । नेपाल जेसीजको आयोजना र धनगढी जुनियर जेसीजको संयोजकत्वमा भोलि (शुक्रबार) धनगढीको ओमप्यालेसमा दुई दिन नेपाल जेसीजको ‘सातौं राष्ट्रिय जुनियर जेसीज लिडरशीप एकेडेमी–२०१८’ कार्यक्रम हुँदैछ ।
धनगढी जुनियर जेसीजले आज पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी गराएको छ ।
कार्यक्रममा नेपाल जेसीज अन्तर्गत रहेका ३० बढी जुनियर जेसीज शाखाहरूबाट तीन सय प्रतिनिधिका साथै मातृशाखाहरूबाट तीन सय बढीको सहभागिता रहने जनाईको छ ।
कार्यक्रममा विभिन्न नेतृत्व विकासका तालिमहरू, संसदीय प्रणालीद्वारा नमुना बैठक एवं स्पिकिंग च्यापियनशीप तथा अन्य विभिन्न सीपमूलक कार्यक्रम समावेश गरिने राष्टिय जुनियर जेसीज लिडरसीप एकेडेमी आयोजक समितिका जेसी जनार्दन बलले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल तथा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालले उद्घाटन गर्ने कार्यक्रममा धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्ट, राजाबाबु शाह, मोहनराज भट्ट, मुक्तिनाथ गैरे, गोविन्दराज कट्टेललगायतले प्रशिक्षक रहने आयोजकले जनाएको छ । कार्यक्रम धनगढी जुनियर जेसीजका अध्यक्ष सन्तोष जोशीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार