२२ बैशाख २०८१, शनिबार

आजदेखि बर्दगोरिया फुटबल प्रतियोगिता



बौनिया । कैलालीको बौनियामा आजदेखि सरस्वती एग्रो ईण्डस्ट्रिज चौथो बर्दगोरिया सेती लोकमार्ग फुटबल प्रतियोगिता शुरु हुँदैछ ।
सडकपुर बौनिया युवा क्लवको आयोजनामा सञ्चालन हुने फुटवल प्रतियोगिताले सेती लोकमार्गको निर्माण कार्य तीब्र बनाउन दवाव बृद्धि गर्ने पनि उद्देश्य राखेको जनाइएको छ ।
प्रतियोगिता आयोजक क्लवका अध्यक्ष प्रकाश साउँदले प्रतियोगिताले बर्दगोरिया धार्मिक क्षेत्रको विकास र संवद्र्धनमा समेत सहयोग पुर्‍याउने बताए ।
खेल संयोजक पुष्प भण्डारीका अनुसार प्रतियोगितामा कैलालीका १८ वटा टीमको सहभागिता रहने छ । प्रतियोगिताको विजेता टीमले दुई लाख, उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका आर्थिक संयोजक विकास मल्लल बताए ।
प्रतियोगिता सञ्चालन गर्न करिब १४ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार