२२ बैशाख २०८१, शनिबार

डिसिएको मुम्बई टुर : दोस्रो खेलमा पनि हार



धनगढी । भारतको मुम्बई भ्रमणमा रहेको धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले बुधबारको खेलमा पनि पराजय भोग्नु परेको छ । मुम्बई भ्रमणका क्रममा डिसिएको यो लगातार दोस्रो हार हो ।
डिसिएले बुधबार मुम्बईबाट पठाएको जानकारी अनुसार स्थानीय दादर यूनियन स्पोर्टिङ क्लवसँग भएको मैत्रीपूर्ण खेलमा डीसीए एक सय रन अन्तरले पराजित भयो ।
टस जितेर ब्याटिङ गरेको दादर युनियनले ४० ओभरमा सात विकेट क्षतिमा दुई सय १८ रन बनायो । । दादरका निनद् कर्मरकर र आर्यन सेनले ४८/४८ रन बनाए ।
बलिङ तर्फ डीसीएका बिनोद विष्टले तीन, सोनु मण्डलले दुई र सन्दीप आउजीले एक विकेट लिए ।
दुई सय १९ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको डीसीए २९ ओभर एक सय १८ रनमा अलआउट भयो । डीसीएका कप्तान सुवोध ऐरले सर्वाधिक ३३ र कुश मण्डलले २४ रन बनाए पनि अरू ब्याट्सम्यानले दोहोरो अंक पनि जोड्न सकेनन् ।
डीसीएमाथि फराकिलो रन अन्तरले जीत हात पार्ने क्रममा दादरका साद शेखले घातक बलिङ गर्दै चार विकेट लिए । भने सोहम सबनिस र अजितले समान दुई/दुई विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार