२२ बैशाख २०८१, शनिबार

ट्रयाक्टर पल्टिदा एक महिलाको मृत्यु




अछाम । अछामको मंगलसेनको डाँडाँघरमा ट्रयाक्टर पल्टिदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
मंगलसेनबाट बान्नीगढी जयगढ गाउँपालिका–४ तिमिल्सेनमा बुधबार लागेको दशैको मेला हेर्न जानेलाई बोकेको लु १ त ५१०१ नम्बरको ट्याक्टर पल्टिएको थियो । दुर्घटनामा मंगलसेन–४ नागातोलाकी ३५ बर्षीया मैनादेबी धामीको मृत्यू भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले दुर्घटनामा ५ जना गम्भीर घाईते र १३ जना सामान्य घाईते भएको जनाए । जिल्ला अस्पताल मंगलसेन र बयलपाटा अस्पतालमा घाईतेको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार