२२ बैशाख २०८१, शनिबार

चवराचौतारा समाजको अधिवेशन सम्पन्न, अध्यक्षमा मिश्र



धनगढी । चवराचौतारा समाजको १५ औं साधारण सभा तथा जिल्ला अधिवेशन बुधबार धनगढीमा सम्पन्न भएको छ ।
डोटीको चवराचौतारा मुलथलो भई विभिन्न कारणले धनगढीमा बसोबास गर्दै आएका व्यक्तिहरुले गठन गरेको सो समाजको अधिवेशनले नयाँ कार्यसमिति पनि चयन गरेको छ । समाजका अध्यक्षमा पुनः जयप्रकाश मिश्र चयन भएका छन् ।
समाजको उपाध्यक्षमा दिपेन्द्रबहादुर बम रजवार, सचिवमा गणेशराज जोशी, सहसचिवमा प्रकाश मिश्र, कोषाध्यक्षमा प्रेमबहादुर बम चयन भएका छन् । भोजराज पाठक, चन्द्रा उपाध्याय, बसन्ता भण्डारी बम, देवराज जोशी, दुर्गाप्रसाद उपाध्याय र लालसिंह बोहरा समाजको सदस्यमा चयन भएका छन् ।
समाजले एकजना जेष्ठ नागरिक सहित तीन जनालाई दोसल्ला ओढाएर सम्मान गरेको छ । जेष्ठ नागरिक पदमराज जोशी र समाजका दुर्इ जना सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको समाज अध्यक्ष मिश्रले बताए ।
शिक्षा सेवा आयोगका पूर्वसदस्य प्रेमराज उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्वसांसद महेश्वर पाठक, कैलालीका पूर्वजिविस सभापति नारायणदत्त मिश्र र जगतबहादुर बम विशिष्ट अतिथि थिए । समाजका उपाध्यक्ष कलम बमले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार