२२ बैशाख २०८१, शनिबार

सडक निर्माणमा ढिलाई



सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १, सुखड बजारबाट दक्षिण तर्फको चार सय ५० मिटर सडक निर्माणमा पुन: ढिलाई भइरहेको छ ।
सो सडक कालोपत्रे गर्ने ठेक्का पाएको जेवी निर्माण सेवाले असोज मसान्तसम्म काम पुरा गर्ने सम्झौता भए पनि ढिलाई भइरहेको छ ।
आज (बुधबार) देखि काम अघि बढाउने र कात्तिक मसान्तसम्म कालोपत्रे काम पुरा गर्ने ठेकेदार खड्क बोगटीले बताए ।
घोडाघोडी नगर प्रमुख ममताप्रसाद चौधरीले सुखड–भजनी सडकखण्ड मुख्य प्राथमिकतामा राखिएको बताए । सो सडक खण्डको चार सय ५० मिटर सडक पुन:निर्माणका लागि आज (बुधवार)बाट काम सुरू हुने उनले बताए । नगर प्रमुख चौधरीले आगामी चैत्र महिनासम्म पुरै सडक पिच भइसक्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार