२ जेष्ठ २०८१, बुधबार

डिसिएको मुम्बई टुर : मैत्रीपूर्ण खेलमा भ्रमणकारी टोली पराजित



धनगढी । मुम्बई टुरमा रहेको धनगढी क्रिकेट एकेडेमी (डीसीए) को १७ वर्षमुनीको टोली मंगलबार भएको पहिलो मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।
मुम्बईबाट डिसिएद्वारा प्रेषित जानकारीका अनुसार भ्रमणकारी टोली मुम्बईको स्थानीय स्टार सीसी क्लवद्वारा नौ विकेटबाट पराजित भएको हो ।
स्थानीय आजाद मैदानमा टस हारेर पहिले ब्याटिङ निम्तो पाएको डीसीएले ४० ओभरको खेलमा ३६ ओभरमा एक सय पाँच रनमा अलआउट भएको थियो ।
डीसीएका रोहन विकले ३५, कप्तान सुवोध ऐर १६, सक्षम पार्की १५ र सन्दीप आउजीले आठ रन बनाएका थिए ।
बलिङतर्फ स्टार सीसीका लक्षले पाँच विकेट लिए भने सुभम् र अंकितले दुई/दुई विकेट लिए ।
एक सय छ रनको लक्ष्य सहित मैदानमा उत्रेको स्टार सीसीले ११ औं ओभरमा एक विकेट क्षतिमा लक्ष्य पूरा गर्‍यो । स्टारका तस्यमले ५८ रन बनाए भने रोहित कामलीले ३० रन बनाए ।
१० दिनको मुम्बई टुरमा रहेको डीसीए टोलीले सात वटा एकदिवसीय खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार