१० श्रावण २०८१, बिहीबार

चाडबाडमा खानपिनमा ध्यान दिन आग्रह



धनगढी । दशैंतिहार भनेपछि राम्रो कपडा लगाउने र मिठो खाने भन्ने बुझिन्छ । तर, कस्तो खानेकुरा, कति र कसरी खाने भन्ने बारेमा जानकारी नहुँदा मानिसहरूले सास्ती भोग्नुपर्ने अवस्था आउने गरेको छ ।
दशैंमा खसी, बोका, कुखुरा लगायतको मासुको बढी सेवन हुने गर्दछ । स्वास्थ्यकर्मी तथा पशु चिकित्सकहरू मासुबाट सर्ने रोगबाट बच्न सावधानी अपनाउन आग्रह गर्छन् ।
पशु प्राविधिक मीनबहादुर थापाले रातो, पोलेको र काँचो मासु नखान आग्रह गरे । “पशुमा विभिन्न प्रकारका किटाणु हुन्छन्” उनले भने “पोलेर, राम्रो सँग नपकाएर खादा ती किटाणुहरूबाट मानिसमा रोगको जोखिम बढ्छ ।” उनका अनुसार मासुको परिकारमा ध्यान दिएमा पशुबाट सर्ने ६० प्रतिशत रोगहरू न्यूनीकरण गर्न सकिने छ । उनले खशी, बोका काटेको छ घण्टासम्म फ्रिजभित्र राख्न आग्रह गरे ।
उनले चाडपर्वका बेला सेतो मासु प्रयोग गर्न सुझाव दिएका छन् । चराजन्य मासु, जस्तै हाँस, कुखुरा, बट्टाई, अस्ट्रीजका साथै माछा खान उनीहरूले सुझाएका छन् । खानामा बढी नून नहाल्न, रसायनिक मल र विषादीको प्रयोग गरेर उत्पादन गरिएका तरकारी, अन्नपात र फलफूल नखान पनि उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार