१२ श्रावण २०८१, शनिबार

घर–घरमा फूलपाती भित्र्याइँदै



 

धनगढी । विजया दशमीकाे अाज साताैं दिन घरघरमा फूलपाती भित्र्याएर मनाइदै छ ।

उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, जयन्ती, धानका बाला, अशोकका पात, अदुवाको बोट र फलफूल आदि नयाँ पालुवालाई फूलपातीका रुपमा शुभ साइतका प्रतीक मानी दुर्गा भवानीको प्रतिमा राखिएको दशैंघरबाट विधिपूर्वक भित्र्याउने  गरिन्छ । भगवतीका अन्य मन्दिरहरुमा पनि आजै फूलपाती भित्र्याइन्छ ।

धनगढीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले धनगढीस्थित नैनादेवी मन्दिरबाट बागागाजा सहित फूलपाती भित्र्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार