९ चैत्र २०८१, आईतवार

काँग्रेस नेता चोखालको स्मृतिमा रक्तदान



धनगढी । नेपाली काँग्रेसका नेता टेकबहादुर चोखालको स्मृतिमा शनिबार धनगढीमा रक्तदान गरिएको छ ।
टेकबहादुर चोखाल स्मृति प्रतिष्ठानको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेको जनाइएको छ ।
कैलालीबाट दुई पटक निर्वाचित सांसद, पूर्वमन्त्री, समेत रहेका नेता चोखालको २०६७ साल कात्तिक २७ गते हृदयघातबाट ६० वर्षको उमेरमा निधन भएको थियो ।
रक्तदान कार्यक्रममा नेपाली काँग्रेस, कैलालीका पूर्व सभापति दीर्घराज भाटले स्वर्गीय नेता चोखालको राजनीतिक योगदानको चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार