२ बैशाख २०८१, आईतवार

विजया दशमीको अवसरमा फुटवल प्रतियोगिता



बौनिया । बडादशैंको अवसरमा बर्दगोरिया गाउँपालिकाको आर्थिक सहयोग तथा मंगलमय युवाक्लवको आयोजनामा जारी फुटवल प्रतियोगितामा शनिबार तीन वटा खेल भएका छन् ।
शनिबार भएका खेलमा नौनिया, भुरुवा र नव बालबाटिका विजयी भएका छन् । शनिबार भएको पहिलो खेलमा बर्दगोरिया वडा नम्बर ४, नौनियाले वडा नम्बर ३, रानीकुण्डालाई सून्यका विरुद्ध एक गोलले पराजित गर्‍यो ।
दोस्रो खेलमा बर्दगोरिया वडा नम्बर ५, भुरुवाले वडा नम्बर ३, स्थित पशुपति युवा क्लवलाई १–० गोल अन्तरले हरायो । भने बर्दगोरिया वडा नम्बर १ बौनियामा रहेको नव वालबाटिका बिद्या मन्दीरले वडा नम्बर ३ स्थित साइनिङ स्टार युवा क्लवमाथि तीन–सून्य गोल अन्तरले विजय प्राप्त गर्‍यो ।
प्रतियोगितामा बदैगोरिया गाउँपालिका भित्रका १४ वटा टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार