आधारभूत ब्युटीपार्लर तालिम समापन
धनगढी । प्राविधिक शिक्षामा आधारित तीन महिने आधारभूत ब्यटीपार्लर तालिम शुक्रबार समापन भएको छ ।
सीमान्तकृत बालिकाहरूको शिक्षामा सहयोग परियोजना (स्टिम–२) को आर्थिक सहयोगमा थारूवान मल्टी स्किल इन्स्टिच्युटको आयोजनामा सञ्चालन भएको तालिम समापनमा धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्ट प्रमुख अतिथि रहेकी थिइन् ।
सो अवसरमा उपप्रमुख भट्टले ‘मानिसलाई जीवीकोपार्जन र सहज जीवनयापन बनाउन किताबी ज्ञान मात्र भएर नपुग्ने र सीप आवश्यक भएको’ चर्चा गरिन् ।
इन्स्टिच्युटका सदस्य खगेन्द्रबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा वेस कैलालीका प्रतिनिधि अशोककुमार थारू, सहभागी सम्झना चौधरी, वसन्ती थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
तालिम व्यवस्थापक देवबहादुर धामीले स्वागत गरेको कार्यक्रमको सञ्चालन दलबहादुर वलीले गरेका थिए ।