१२ श्रावण २०८१, शनिबार

सामुदायिक संस्था र व्यक्तिलाई सम्मान गरियो



धनगढी । गरीबी निवारण कोषमा काम गर्ने सामुदायिक संस्था र व्यक्तिलाई सम्मान गरिएको छ । बिहीबार धनगढीमा जिल्ला समन्वय समिति कैलाली र गरीबी निवारण कोषले ज्ञानसीप तथा सिकाई आदानप्रदान गोष्ठी एवं सामुदायिक संस्था पुरस्कार वितरण समारोहमा संस्था तथा व्यक्तिलाई सम्मान गरिएको थियो ।
सो अवसरमा चेतनसिल, शिवशक्ति र शिद्धधाम सामुदायिक संस्था तथा मथुरादेवी कामी र बासमतीदेवी चौधरीलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरियो ।
कार्यक्रममा सामुदायिक संस्थालाई १५ हजार र व्यक्तिलाई १२ हजार पाँच सय रुपैयाँका दरले पुरस्कार प्रदान गरियो ।
सो अवसरमा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए ।
जिल्ला समन्वय समितिकी उपसंयोजक सुन्दरीदेवी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कैलालीका स्थानीय तहका प्रमुख, गरीबी निवारण क्षेत्रमा कार्यरत सामुदायिक संस्था, सामाजिक परिचालकहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार