१२ श्रावण २०८१, शनिबार

कैलाली प्रहरी कार्यसम्पादन मूल्यांकनमा तृतीय



धनगढी । कैलाली जिल्ला प्रहरी कार्यालय राष्ट्रिय कार्य सम्पादन मूल्यांकनमा तृतीय बनेको छ । ६३ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई तृतीय भएको प्रशंसापत्र प्रदान गरेको छ ।
प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले कैलाली प्रहरी प्रमुख विनोद घिमिरेलाई सो प्रशंसापत्र प्रदान गरेका थिए । प्रहरी प्रधान कार्यालयले प्रत्येक वर्ष विभिन्न मापदण्डका आधारमा कार्यदक्षता मूल्यांकन गर्ने गरेको छ ।
यस वर्ष झापा जिल्ला प्रहरी कार्यालय प्रथम तथा म्याग्दी जिल्ला प्रहरी कार्यालय द्वितीय भए छ ।
सो अवसरमा बोल्दै नेपाल प्रहरीका महानिरीक्षक खनालले अपराध नियन्त्रण प्रहरीको मात्र जिम्मेवारी हो भन्ने बुझाइ गलत बुझाइ भएको बताए । उनले समाजमा रहेका अपराध नियन्त्रण र सुरक्षा प्रत्याभूतिमा प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको भन्दै यसलाई सघाउन सबै जनतालाई आग्रह गरे ।
प्रहरी महानिरीक्षक खनालले गत वर्षको तथ्यांकानुसार ९० प्रतिशत अभियुक्तलाई पक्राउ गरी अनुसन्धान दायरामा ल्याउन सफल प्रहरी प्रशासनले जघन्य अपराधलाई न्यूनीकरण गर्न प्रयत्नशील रहेको चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार