११ श्रावण २०८१, शुक्रबार

बस र मोटरसाइकल ठोक्किदा दुईको मृत्यु



धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ वन खेतमा बिहीबार यात्रुबाहक बस र मोटरसाईकल एकआपसमा ठोक्कीदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते गोदावरी नगरपालिका वडा नम्बर ६ का २८ वर्षीया हेमन्त साउँद र २६ वर्षका विक्रम खड्काको मृत्यु भएको क्षेत्रीय ट्राफीक कार्यालय, अत्तरीयाले जनाएको छ ।
टीकापुरबाट अत्तरियातर्फ आउँदै गरेको ना ५ ख ८०४९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको से ५ प ७५३६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको थियो ।
बस र बस चालकलाई ईलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार