१२ श्रावण २०८१, शनिबार

भेट्रान्स भलिबल प्रतियोगिता शुरु



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ को आयोजनामा बिहीबारदेखि वडास्तरीय भेट्रान्स पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड र उपप्रमुख सुशीला मिश्र भट्टले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
३० वर्ष उमेरमाथिका खेलाडीले मात्रै भाग लिएको भेट्रान पुरुष भलिबल प्रतियोगितामा ११ टिमको सहभागिता रहेको छ । वडा नम्बर १३ का वडाध्यक्ष विजय जोशीले खेलाडीको सम्मान तथा उत्साह थप्न भलिबल प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई २५ हजार, दोस्रो हुने टीमलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार