१२ श्रावण २०८१, शनिबार

प्रदेश सभाको दोस्रो अधिवेशन अन्त्य



धनगढीे । सुदूरपश्चिम प्रदेशको प्रदेश सभाको दोस्रो अधिवेशन अन्त्य भएको छ ।
गत जेठ २ गते शुरु भएको दोस्रो अधिवेशन ४७ दिन चलेको थियो । ४७ दिनमा ५३ बैठक बसेको सभामुख अर्जुनबहादुर थापाले बताए ।
दोस्रो अधिवेशनबाट प्रदेशको नामाकरण र स्थायी राजधानी बारेको महत्त्वपूर्ण निर्णय भएको छ । भने प्रदेश सभा सञ्चालन भएको नौ महिनापछि चार वटा संसदीय समितिले सभापति पाएका छन् ।
सभामुख थापाले प्रदेशसभामा दिएको जानकारी अनुसार दोस्रो अधिवेशनमा प्रदेश सरकार स्थानीय तहलाई आवश्यक पर्ने १८ वटा विधेयक पारित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार