विपद् जोखिम पूर्व तयारी सम्बन्धी सामग्री सहयोग
हसुलिया । कैलारी गाउँपालिकालाई विपद् जोखिम पूर्व तयारी सम्बन्धी विभिन्न सामग्री सहयोग प्रदान भएको छ । सामाजिक विकासका लागि सचेत समाज (सीएसएसडी) र वल्र्डभिजन इन्टरनेशनल नेपालद्वारा सञ्चालित नेपाल विपद् जोखिम पूर्व तयारी परियोजनाले ती सामग्री सहयोग गरेको हो ।
सोमबार एक कार्यक्रममाझ कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीलाई कैलाली जिल्ला दैविक खोज तथा उद्धार समितिका प्रदेश संयोजक बीना खड्का र सीएसएसडीका कार्यक्रम संयोजक क्रिम चौधरीले पाँच लाख, ७५ हजार रुपैयाँ मूल्यका डुंगा, साइरन, लाईफ ज्याकेट लगायत सामग्री हस्तान्तरण गरे ।
सो अवसरमा सिएसएसडीका संयोजक चौधरीले विपद् जोखिम व्यवस्थापनमा क्षमता अभिवृद्धिमा टेवा पुर्याउन ती सामग्री सहयोग गरिएको बताए ।
गाउँपालिका अध्यक्ष लाजुरामले ती सामग्रीबाट स्थानीय तहमा विपद् जोखिम व्यवस्थापनमा सहयोग पुग्ने बताए ।
परियोजनाले यसअघि गाउँपालिकालाई एक लाख ८० हजार रुपैयाँ मूल्य बराबरका कम्प्युटर, टेलिभिजन, इन्भर्टर, स्टील कपबोर्ड, कार्पेट लगायतका सामग्री सहयोग गरिसकेको छ ।
परियोजनाका कार्यक्रम संयोजक चौधरीले जिल्लाका घोडाघोडी, गौरीगंगा र टीकापुर नगरपालिका सहितका स्थानीय तहमा पनि सामग्री सहयोग गरिने बताए ।