११ श्रावण २०८१, शुक्रबार

सार्वजनिक सुनुवाई तथा साधारण सभा



भजनी । भजनी उद्योग वाणिज्य संघको सोमबार भजनीमा सार्वजनिक सुनुवाई तथा साधारण सभा भएको छ ।
साधारण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रमको भजनी नगरपालिका प्रमुख शेरबहादुर चौधरीले उद्घाटन गरे ।
कार्यक्रममा पूर्व सभासद हरि श्रीपाइली, मोहन्याल माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष हर्कबहादुर बुढा, भजनी नगर विकास समितिका अध्यक्ष जनक साउँद, प्रदीप मल्ल, रतन रेग्मी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम भजनी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमराज जैशीको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा संघका महासचिव नैनबहादुर चौधरीले गत आर्थिक वर्षको ४८ लाख ९५ हजार रुपैयाँको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा डिल्लीराज जैशीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । भने संघका सचिव जयबहादुर बुढाले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार