७ बैशाख २०८१, शुक्रबार

जन्मदिनमा दृष्टि फाउण्डेशनलाई सहयोग



धनगढी । कैलालीको घोडाघोडी नगरपलिका वडा नम्बर २ नयाँबजारका सनेश शाहीले आफ्नो जन्मदिनमा दृष्टि फाउण्डेसनलाई खाद्य सामग्री वितरण गरेका छन् ।
उनले आइतबार नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाह, नेपाल पत्रकार माहासंघ कैलालीका अध्यक्ष जगत साउँद तथा अन्य पत्रकारहरूको उपस्थितिमा दृष्टि फाउण्डेसनका महासचिव शर्मिला बागचन्दलाई ९० केजी चामल, १५ किलोग्राम दाल र एक पेटी स्याउ हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार