११ श्रावण २०८१, शुक्रबार

आमाको छात्रवासलाई खाद्य सामग्री वितरण



धनगढी । रसायन तथा मेडिकल आपूर्ति संघ नेपालको १४ औं स्थापना दिवसको अवसरमा अनाथ बालबालिका सहयोग कार्यक्रम अन्तर्गत आज धनगढीस्थित आमाको छात्रवासलाई खाद्य सामग्री उपलब्ध गराएको छ ।
सो सामग्री संघका अध्यक्ष दुष्यन्त वस्नेतले छात्रवासका अध्यक्ष वेदकुमार चौधरीलाई हस्तान्तरण गरे ।
संघले दाल, तेल, चिनी, चिउरा, सुजीलगायत २८ हजार रुपैयाँ बराबरको खाद्य सामग्री उपलब्ध गराएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार