१२ श्रावण २०८१, शनिबार

सीमासँग जोडिएकाले धनगढी राजधानी बनेन– मन्त्री सोडारी



अत्तरिया । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले भारतसँग सीमा जोडिएका कारण धनगढीमा राजधानी बन्न नसकेको बताएका छन् ।
गोदावरी नगरपालिकाले शनिबार अत्तरियामा आयोजित एक कार्यक्रममा मन्त्री सोडारीले धनगढी सीमासँग जोडिएकोले राजधानी बनाउन उपयुक्त नभएको र सीमाभन्दा २४ किलोमिटर टाढा गोदावरीमा राजधानी बनाएको बताए ।
उनले धनगढी र गोदावरीलाई जोडेर महानगरपालिका बनाउनुपर्ने बताए ।
उनले धनगढी प्रमुख व्यापारिक केन्द्र, दिपायलमा क्षेत्रीय कार्यालय, प्रतिष्ठान र तालिम केन्द्रका साथै संग्रहालयस्थापना गरिने बताए ।
उनले गोदावरी, तेघरीमा राजधानी बनाउदा जंगल बिनास नहुने बताए । उनले भने– “हामी चुरे भन्दा पाँच सय मिटर तल राजधानी बनाउदैछौं । त्यहाँ कुनै वन छैन, बुट्यान मात्रै छ ।”
कार्यक्रममा प्रदेश सभा सदस्यहरू अक्कलबहादुर रावल, कृष्णराज सुवेदी, चुनकुमारी चौधरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार