१ फाल्गुन २०८१, बिहीबार

बोक्साको आरोपमा दुर्व्यबहार



धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा एक ज्येष्ठ नागरिकलाई बोक्सोको आरोप लगाउँदै दुर्व्यबहार गरिएको छ । असोज २ गते धनगढी उपमहानगरपालिका वडा नम्बर १६ बस्ने ७० वर्षिय जोखन डंगोराथारूलाई बोक्सोको आरोप लगाउँदै दुर्व्यबहार भएको जनाइएको छ ।
सोही ठाउँका ५५ वर्षिय भिख्खु चौधरीले जोखनका कारण ‘खेतमा लगाएको धानमा किरा लागेको’ भन्दै दुव्र्यवहार गरिएको जोखनका छोरा पदमले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिए । “बुबा खेतमा रहेको नालामा रांगालाई पानी खुवाउँदै थिए । भिख्खु त्यही पुगेर बुबालाई पटक–पटक पानीमा चोप्न थाल्यो” उनले भने– “त्यसपछि चौराहमै ल्याएर बुबामाथि दुव्र्यवहार गरियो ।”
उनले शुरुमा “एउटै समाजमा बस्नुपर्छ भनेर चुपचाप लागको” बताए । “तर, उसले बुबालाई जहाँ देख्यो त्यही बोक्सो भन्न लाग्यो, मलाई पनि धम्की दियो” पदमले भने– “त्यसपछि मैले नै नजिकै रहेको कनरी प्रहरी चौकीमा गएर प्रहरी गुहारेको हुँ ।”
प्रहरीले अहिले भिख्खु प्रहरी नियन्त्रणमा राखेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार