१२ श्रावण २०८१, शनिबार

भलिवल प्रतियोगिता आयोजना हुँदै



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ ले विजया दशमी २०७५ को अवसरमा भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
असोज २५ गतेदेखि २७ गतेसम्म हुने सो प्रतियोगितामा ३० वर्षभन्दा माथिका उमेर समूहका पुरुष खेलाडीहरूले भाग लिन पाउने वडाध्यक्ष विजयराज जोशीले बिहीबार जानकारी दिए ।
बिहिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष जोशीले प्रतियोगितामा उपमहानगरपालिकाका सबै १९ वडाका १९ टिम र एक आयोजक वडा टिम तथा धनगढी उपमहानगरपालिकाको टिम गरी २१ टिमले भाग लिने बताए ।
उनले प्रतियोगितामा प्रहरी प्रशासन क्षेत्रमा आबद्ध खेलाडी, अन्तर्राष्ट्रिय र विदेशी खेलाडीले खेल्न नपाउने प्रावधान रहेको बताए । प्रतियोगिता राजपुरस्थित जनता राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ भने प्रतियोगितामा करिब तीन लाख खर्च हुने र सो खर्च आयोजकले नै व्यहोर्ने जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई २५ हजार, द्वितीयलाई १५ हजार पुरस्कार घोषणा गरिएको छ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई पाँच हजार र उत्कृष्ट सटर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट रेजरलाई जनही दुई हजारका दरले पुरस्कार घोषणा गरिएको वडा अध्यक्ष जोशीले जानकारी दिए ।
उनले भलिवल प्रतियोगितामा लामो समयसम्म योगदान गरेका पूर्व राष्ट्रिय खेलाडीलाई पनि सम्मान गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार